नेवार समुदायको मौलीक परिकार ‘योमरी ‘

नेवारी समुदायको मौलीक एवम् बिशिष्ट परिचय बाकेको परिकार हो योमरी । योमरी पुर्णिमाका दिन नेवार समुदायले बिशेष परिकार रुपमा योमरीलाई योमरी खाने गर्दछन । नेवारहरुले चामलको पिठो मुछेर अंजीर आकार बनाई त्यस भित्र तिल मिसाइएको चाकुको झोल वा खुवा हालेर योमरीलाई स्टिम बिधि अनुसार उसिन्ने गरिन्छ । योमरी पुन्हिमा नेवार समुदायले चामलको पिठोबाट लक्ष्मी, कुबेर आदि थरिथरिका देवीदेवता बनाइ ढुकुटीमा राखेर पुज्ने चलन रहि आएको छ ।
लिच्छवीकालका प्रख्यात राजा अंशुवर्माको पालामा पाञ्चाल नगर अहिलेको पनौतीमा नेवार समुदायहरुले योमरी बनाउन सुरु गरेको बिश्वास छ
तिहारमा देउसी खेले जस्तै योमरी पुन्हिको बेलुका विशेषत: नेवारहरुले ‘त्य:छिं त्य: ब्वकछिं त्य:’ भनि योमरी तथा अन्य नगद जिन्सी माग्ने चलन थियो । समयक्रमसँगै बालबालिकाहरुको छुट्टै रुची र प्राथमिकताका कारण यो चलनको लोकप्रियतामा कमी आएको पाईन्छ ।
Leave a Reply
You must be logged in to post a comment.