पाककलाको सदियौँ पुरानो इतिहासमा ८४ ब्यन्जन
खानपान मात्रै यस्तो माध्याम हो जसले पुस्तान्तरणमा अहम भुमिका खेल्दछ । पुर्वजहरुबाट नया पुस्तामा संस्कार र सस्कृति हस्तान्तरणको एउटा बलियो र ससक्त माध्याम हो खानपान सस्कृति । जसले पुर्खाहरुले अंगाल्दै आएको रिति रिवाज, कला सस्कृति र रहन सहन भावी पुस्तामा हस्तान्तरण गदर्छ । नेपाली पाककलाको सदियौँ पुरानो इतिहास छ जसमा ८४ ब्यन्जन देखि चाडवाडमा बनाइने हरेक परिकारले बिशेष महत्व राख्दछ ।
हाम्रो दैनिक भान्सामा पाक्ने परिकारहरु मध्ये प्राय नेपाली भान्सामा दाल, भात, तरकारी, अचार, दही, , घिउ, मौसम अनुसारको फल्ने कांक्रो , मुला तथा गाँजरको हिंसा रहने गर्दछ ।
आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार गरेको ‘रेसेपी’ हो । दुई पन्युँ भात, एक कचौरा दाल, आधा कचौरा तरकारी, थोरै अचार, एक गिलास दही, दुई चम्चा घिउ । त्यसमा मौसम अनुसार फल्ने कांक्रो, मुला, गाँजरका केही टुक्रा । यो खान्कीमा मन्द गुलियो, नुनिलो, पिरो, टर्रो, अमिलो सबै स्वाद समावेश छ । साथसाथै पोषणले पनि परिपूर्ण छ ।
शरीरले खानाबाट कार्बोहाइड्रेड, प्रोटिन, बोसो, फाइबर जस्ता पोषकतत्व प्राप्त गर्छ । चामलमा कार्बोहाइड्रेड, सिमी–दाल आदिमा प्रोटिन, घिउ–तेलमा बोसो, मौसमी सागपातमा फाइबर समावेश छन् । त्यसबाहेक सूक्ष्म पोषक तत्वहरु अचार इत्यादिमा छन् ।
खाना खाइसकेपछि त्यसलाई सुपाचन गर्ने अर्थात् सही तरिकाले पचाउने, पचेको कुरालाई शरीरमा अवशोषित गर्ने, मल निखारेर बाहिर मिल्काइदिने काम मोही, दही आदिले गर्छ ।
यस्तो भोजनको परिकल्पना, खोज, अभ्यास र आविष्कार गर्ने हाम्रा पुर्खाहरु वास्तवमै वैज्ञानिक थिए । किनभने उनीहरुले भोजनलाई आहार मात्र मानेनन् । एउटा प्राण आधारको माध्यम र जीवनयापनको महत्वपूर्ण औषधि माने । यस्तो खाना खानुपर्छ ताकि कुनै दबाई खान नपरोस् भन्थे । त्यही अनुसार उनीहरुले के खाने र कति खाने भन्ने कुरा तय गरे ।
दोस्रो चाहिं, राम्रो खाएर मात्र हुँदैन पचाउन पनि जान्नुपर्छ भन्ने चेत थियो उनीहरुसँग । अकर्म खाना खानुहुन्न, कर्म गरेर खानुपर्छ । सत्यको, श्रमको, पसिनाको खानुपर्छ भन्ने ठान्थे । आहार मनोविज्ञानको एउटा महत्वपूर्ण घटक हो यो ।
हाम्रो परम्परागत थालीले डेढ वित्ताको पेट मात्र भर्दैन, सम्पूर्ण शरीरका अवयवलाई बलियो, तन्दुरुस्त र ताजा पनि राख्छ
Leave a Reply
You must be logged in to post a comment.